सानीभेरी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का २५ वर्षिय मनराज नकालको उपचारका क्रममा निधन भएको छ । काम गर्नेक्रममा टाउकोमा गम्भीर चोट लागेका नकालको मंगलबार काठमाडौंको अन्नपुर्ण न्युरोमा उपचारको क्रममा निधन भएको हो ।
उनका श्रिमती र नाबालक दुई छोराहरु छन ।उनी परिवारका लागि दिनरात नभन्नी परिश्रम गर्ने गर्थे अहीले उनको निधनपछी सिगो गाउँनै शोकमा परेको छ । आर्थिक अवस्था कमजोर भएका नकालको उपचार का लागि सहयोग संकलन भइरहेको बेला उनको निधन भएको उनका मामा शुशिल खड्काले बताउनुभयो । मृत्यु पछि उनलाइ काठमाडौं बाट अन्त्येष्टि को लागी रुकुम ल्याइदै छ ।
नेपालगंज उपचार सम्भव नभएपछि थप उपचारको लागी काठमाडौं अन्नपुर्ण न्युरोमा पुर्याएको थियो । निधन पश्चात पनी नकालको परीवारलाइ खर्च ब्यबस्थापमा ठुलो समस्या भएकाले सहयोगी मनहरुलाइ सहयोग गर्न परिवारले आग्रह गरेको छ ।