काठमाडौं । वैदेशिक रोजगारको लागि अमेरिका पठाइदिन्छु भन्दै ठुलो रकम ठगी गर्ने शर्मिला बिष्ट पक्राउ परेकी छन् । उदयपुरको वेलका नगरपालिका–४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीया विष्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै एकजनाबाट चार लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्दै पीडित दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।