आठबिसकोट । सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत PSU सुर्खेतको सहजिकरण र वास इकाई आठबिसकोट नगरपालिका को आयोजनामा समाबेशि निति बिश्लेषण तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका को सभाहलमा दुई दिन सम्म चलेको कार्यशालामा खानेपानी तथा सरसफाइ सम्बन्धि चर्चा गरिएको थियो ।
Advertisement
कार्यशालामा वडाअध्यक्षहरु, महिला स्वास्थ्य स्वंयमसेविका, अपाङ्गता भएका, बालकलव, शिक्षक तथा वास फोकल पर्सन सहित नगरप्रमुख रवि केसी, उपप्रमुख धन कुमारी शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमको उपस्थितिमा प्रमुख प्रशिक्षक डा. सङ्ग्राम लामाले कार्यक्रमको उद्घाटन पश्चात प्रशिक्षण दिएका थिए। फागुन ४ र ५ गते चलेको उक्त कार्यशालाको कार्यावक नगरप्रमुख अमृत बुढाले समापन गरेका थिए।