तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित गायिक एलिना चौहान, गायक रमेश शर्मा, शिव संगित, शक्ति चन्द लगायतका कलाकारको प्रस्तुति रहने भएको छ।
तुलसीपुर महोत्सवमा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । महोत्सवमा हिजो पाँचौँ दिन पनि दर्शकको अत्याधिक भिडभाड रहेको थियो भने हिजो ५ गते चर्चित लोकगायक प्रकाश दुतराजको धमाकेदार प्रस्तुतीले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।
तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनीमा राखिएको बताएका छन् । महोत्सव फागुन १६ गतेसम्म संचालन हुने छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा संचालन भइरहेको महोत्सवमा दैनिक रूपमा विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन् ।