लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङकाे देउखुरी आइपुगेका छन् । नेपाली सेनाकाे एनए०६७ हेलिकप्टर मार्फत ओलि दाङ आएका हुन । आज बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने छन् ।प्रधानमन्त्री ओलिलाई मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए ।
Advertisement
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभालाई सम्वोधनकालागि निमन्त्रण पठाएका थिए । प्रदेश सभाको बैठकलाई सम्वोधन पछी घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्न ओलि घोराही आउने छन् ।