घोराहीमा चलिरहेको “छैँठौ कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१” को तेस्रो दिन चर्चित गाएक प्रकाश दुतराजले आफ्नो प्रस्तुति दिने भएका छन् ।
Advertisement
प्रकाश दुतराज नेपाली लोकदोहोरीका एक चर्चित गायक हुन्। उनले आवाज दिएका गितहरू बजारमा धेरै चर्चित छन् । रेशम , रिमै ,जाम भो मैली ,कान्छी ,मन भुल्छ ,घर काता हो बहिनी लगाएतका गितहरूमा उनका दर्शकले निकै नै रूचाएका गितहरू हुन ।
आज आईतवार गायक प्रकाश दुतराज , रीता थापा, चन्द्र शार्मा , अपेक्षा गिरी घनश्याम केसी , सन्दीप सेन्चुरी , रचना चौधरी , उमा खनाल लगाएतले दर्शकलाई मनोरञ्जन दिने छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघकोआयोजनामा चलिरहेको घोराही महोत्सव उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मुल नाराका साथ महोत्सव चलिरहेको छ ।