घोराहीमा चलिरहेको “छैँठौ कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१” को दोस्रो दिन चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको छ ।
आज महोत्सवको दोस्रो दिन गायक राजन शिवाकोटीले सुर्के थैली खै , सीओडव्लु काउ, गुलेलीले हानौँ कि, पुर्व पश्चिम रेल ,चेप्टे चेप्टे पिरुगो , गोजीमा दाम छैन लगाएतका चर्चित गीतको प्रस्तुति दिएका थिए , भने गायिका रिता केसीले लाउला कान्छी जलजला , सुन त ए कान्छी , भन के गर्नु पर्छ तिम्रो माया पाउँनलाई , जोडि छ झक्कास लगाएका गीतहरुमा आवाज दिएर दर्शकलाई मनोरन्जन दिएकी थिईन । कार्यक्रमको सहजिकरण उद्घोषक तथा गायक चन्द्र शर्माले गरेका थिए ।
भोलि आईतवार गते गायक प्रकाश दुतराज , रीता थापा, चन्द्र शार्मा , अपेक्षा गिरी घनश्याम केसी , सन्दीप सेन्चुरी , रचना चौधरी , उमा खनाल लगाएतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।