चलिरहेको तुलसीपुर महोत्सवमा आज शनिवार चर्चित राष्ट्रय कलाकारहरुको प्रस्तुति रहने भएको छ । १ गते देखि संन्चालनमा आएको महोत्वमा (हिजो) शुक्रवार गायिका टिका सानु र गायक कमल बिसी ले आफनो प्रस्तुति दिएका थिए । महोत्सवमा आज शनिवार चर्चित गायिका आस्था रावत , भुमिका गिरी , गायक कृष्ण रेउले लगाएतको प्रस्तुति रहने आयोजकले जनाएको छ । उनको चौबन्दीमा पटुकीमा बाँध्या छैन भन्दैमा भन्ने गीतबाट चर्चामा आएकी गायिका रावतको शनिवार दोस्रो कृषि पर्यटन तथा व्यापारीक महोत्सव तुलसीपुरमा प्रस्तुति रहने भएको छ ।
Advertisement
चेम्वर अफ कमर्स तुलसीपुरले आयोजना गरेको महोत्सवमा बिभिन्न स्थानीय उत्पादन कृषि, हस्तकला, परम्परागत परिकारहरुको प्रर्दशनी गरीने आयोजकले जनाएको छ ।