दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनमा शुक्रवार देखि उद्घाटन गरिएको कृषि तथा पर्यटन तथा व्यापार महोत्सव– २०८१ को दोस्रो दिन आज शनिवार राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेका भएको छ । घोराही उपमहानगरपालिका –१४ मा संचालित महोत्सवमा आज शनिवार , राजन शिवाकोटी , उद्धोषकक तथा गायक चन्द्र शर्मा , गायिका रिता के.सी., अनु अधिकारी , नृत्य अस्मिता पुरी , प्रेम शर्मा , सुदन थापा, राजेन्द्र चौधरी लगाएका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ सँगै स्थानीय दाङगाली कलाकारहरुको लोकदोहोरी प्रतियोगिता रहने दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।

दोहोरी प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्नेलाई ५१ हजार , त्यस्तै दोस्रोलाई ३५ हजार , तेस्रोलाई २५ हजार र सान्त्वना हुनेलाई १५ हजार नगद सहित मेडल र शिल्ड प्रधान गरिने मुलआयोजक समिति उद्योग बाणिज्य संघले जानकारी दिएको छ । त्यस्तै गरी बिद्यालयस्तरीय नृत्य र कबिता प्रतियोगीता, खुल्ला लोक नृत्य प्रतियोगिता र जोडि नृत्य प्रतियोगिता हुने बताएको छ । यी प्रतियोगितामा पहिलो , दोस्रो र तेस्रो हुनेलाई नगत सहित आकर्षक पुरुस्कार दिईने महोत्सव प्रचारप्रसार समितिका संयोजक युवराज पोख्रेलले जानकारी दिए ।
घोराही महोत्सव : आज गायक राजन शिवाकोटी , चन्द्र शर्मा लगाएका कलाकारहरुको प्रस्तुतिरहने
घोराही महोत्सव : आज गायक राजन शिवाकोटी , चन्द्र शर्मा लगाएका कलाकारहरुको प्रस्तुतिरहने
Advertisement
तपाईको प्रतिक्रिया