घोराहीमा शुक्रबार देखि कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ को उद्घाटन भएको छ । घोराही-१४ झिगौरामा उद्योग, व्यापार, कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ उद्घाटन गरीगएको महोत्सव दाङ जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको हो । महोत्सवको लुम्विनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने उद्घाटन गरेका हुन । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री न्यौपानेले नेपालमा पर्यटनको अथाहा सम्भाबना भएको पनि यसको बिकास र प्रर्वद्धन हुन नसेको बताए । पर्यटनको सम्भावना हुदा हुदै पनि हामी राम्रो योजना बनाउन सकिरहेका छैनौँ । अझ लुम्विनी प्रदेश अथाहा पर्यटनको सम्भावना बोकेको ठाउँ हो । यो महोत्सवले जिल्ला र समग्र प्रदेशको पर्यटनमा टेवा पुर्याछ मन्त्री न्यौपानेले भने । पर्यटन प्रर्वद्धनका लागि संघिय, प्रदेश र स्थानीय सरकारका सँग जोडेर लैजानु पर्ने मन्त्री न्यौपानेको जोड थियो ।
महोत्सव उद्घाटनमा बिभिन्न झाँकी सहितको शोभायात्रा निकालिएको थियो । ४ सय व्यापारीक स्टलहरु रहने महोत्सवमा २० करोड बराबरको कारोवार हुने आयोजकले अपेक्ष राखेको छ । २ गते देखि सुरु भएको महोत्सव फागुण १८ सम्म चल्ने छ भने महोत्सव अबधिवर दुई लाख दर्शकले अवलोकन गर्ने छन । मेलामा सर्वसाधानका लागि शुल्क १ सय राखिएको र बिद्यार्थीहरुका लागि ८० शुल्क लिईने आयोजकले जनाएको छ ।