आठबिसकोट । नेकपा माओवादी केन्द्रका नेता एवम् रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ निवासी जनक बटालाले आफ्नो जन्म दिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री र पोषाक बितरण गरेर जन्मदिन मनाएका छन् । आठबिसकोट नगरपालिका-११ स्थित रहेको सुस्त श्रवन कक्षाका १२ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री कापि, कलम र ट्याक सुट दिएर बटालाले जन्मदिन मनाएका हुन ।
४४ वर्ष पुरा गरेको अवसरमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिका सचिवालय सदस्य समेत रहेका बटालाले फजुल खर्च गर्नु भन्दा पनि बालबालिकाहरुको पढाईमा उत्प्रेरित हुन भन्ने उदेश्यका साथ कापी,कलम र लगाउने ट्याकसुट सहयोग गरि बितरण गरिएको बताए ।
आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोमा बालबालिकाको तर्फबाट शिक्षक तथा स्थानीयले जन्म दिनको शुभकामना सहित धन्यवाद व्यक्त गरेका थिए । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिने, महंगो केक काट्ने, साथीभाई जम्मा गरि भोजभत्तेर समेत आयोजना गरी फजुल खर्च गर्ने क्रम बढी रहेकै बेला बटालाले सुस्त श्रवन विद्यार्थीको शैक्षिक विकासका लागी जन्मदिनको खर्च कटाएर केही शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन्।