सानीभेरी । रुकुम पश्चिमको सानीभेरीमा ३० औँ जनयुद्ध दिवसको अवसरमा म्याराथन सुरु भएको छ । सानीभेरीमा ‘ सातौँ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन’ शुरु भएको हो । पुर्व मन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रिवन काटेर उद्घाटन गरेका हुन्।
उक्त दौडमा पुरुष ५३ जना र भने महिला तर्फ ३२ जना धावकहरूले भाग लिएका छन् । जनयुद्धताका माओवादी हिडेको बाटोमा सानीभेरी गाउँपालिकाले राष्ट्रिय स्तरको म्याराथन आयोजना गर्दै आएको हो । धावकहरु ‘जनयुद्ध’मा माओवादीले सेनाले विभिन्न तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म पुग्ने गरी म्याराथनको रुट तय गरिएको छ ।
गत दुई वर्ष देखि प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत सहयो गर्दै आएको छ ।
म्याराथन महिला पुरुष दुवै तर्फ संचालन हुँदै छ । पुरुष म्याराथनको दुरि ४८ किलोमिटर रहेको भने महिला म्याराथनको दुरि ३४किलोमिटर तोकिएको छ । पुरुष तर्फको विजेताले १ लाख पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ । द्धितियले ७५ हजार र तृतियले ४५ हजार पुरस्कार पाउँदा चौंथो हुनेले १५ हजार तथा १० औं स्थानसम्म हाँसिल गर्ने धावकलाई ३÷३ हजार पुरस्कार दिने गाउँपालिकाको भनाई छ ।