• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

एनभिएल: अन्नपूर्णको तेश्रो जित

लोकप्रिय समाचार

  • १. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • २. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ३. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

  • ६. कर्णालीसँग अन्नपूर्ण पराजित

  • ७. भोटेकोशी बाढी कहर : १,३१३ जनाको उद्धार, ३,०७१ अझै सम्पर्कविहीन

  • ८. आज घट्यो सुनको मूल्य

  • ९. भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

  • १०. अन्नपूर्णको पहिलो जित

मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया

"आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या भयो "

  •   बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
  • नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका-४ की ७० वर्षीया धनमाया सार्कीको आँखा १० महिनादेखि ओभाएका छैनन्। 

    Advertisement

    रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखामा आँसु रोकिएको छैन। गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो। त्यसको एक हप्तापछि अर्को फोन आयो- २५ वर्षीया छोरी तिलमायाको हत्या भयो। त्यसयता उनी बेचैन छिन्। 

    श्रीमान्‌सँग सम्बन्ध विच्छेदपछि ६ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ। तर हालम्म न शव आएको छ, न त राहत रकम नै। लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी बढेको छ। छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकी छन्। 

    शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ। ‘शव आउला भन्ने आश गर्दागर्दै १० महिना बितिसक्यो तर न शव देख्न पाइयो, न राहत रकम नै हात पर्‍यो’, उनले भनिन्, ‘म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेको छैन।’

    तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताइन्।

    ‘समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइँदैन कि भन्ने चिन्ता पनि थपिएको छ’, उनले भनिन्, ‘जे हुने भई हाल्यो, केही राहत पाए त यो छोरीको लालनपालनमा सहयोग हुने थियो।’

    सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले मृत्युको खबर आउनेबित्तिकै नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेसिया पठाइए पनि अझै शव नेपाल ल्याउन नसकिएको बताइन्। 

    ‘मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको जानकारी पाएका छौँ। मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिकाले पाउने राहत गुम्ला कि भन्ने चिन्ता छ’, उनले भनिन्।

    वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ। तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए।

    ‘शव पहिचानमै लामो समय लागेको दूतावासले जानकारी गराएको थियो’, उनले भने, ‘शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको जानकारी पाएका छौँ।’

    सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ। यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल ल्याउन बाँकी छ।  

    बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य
    बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?
    एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै
    उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य
    सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक
    कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    लोकप्रिय

    • १.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

    • ६.
      कर्णालीसँग अन्नपूर्ण पराजित

    भर्खरै

    • १.
      आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

    • २.
      बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

    • ३.
      एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

    • ४.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ५.
      सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

    • ६.
      कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    • ७.
      युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

    • ८.
      आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.