जनयुद्ध दिवस हिंसा थिएन रिवर्तनको लडाई थियो । आम नागरिकको स्वतन्त्रताको लडाई थियो । जस्ले जनयुद्ध हिंसा हो भने ति मान्छे दाष बन्न लायक छन् । ति मान्छे दाष नै हुन , उनीहरुले तमाम मुक्तिकारी आन्दोलनलाई हिंसा कै रुपामा परिभाषीत गर्छन बुधवार घोराहीमा नेकपा (बहुमत) दाङले आयोजना गरेको दिपप्रज्वलन कार्यक्रममा केन्द्रिय सदस्य दिपक चलाउनेको भनाई हो यो । उनले जनयुद्धको सपना पुरा हुनु भनेको शहिदको सपना पुरा हुन रहेको भन्दै जनयुद्धको सपना पुरा नभएको बताए । जनयुद्धका सपना पुरा हुनु भनेको वर्गीय मुक्ति सँगै आम शोषीत पीडित, किसान, मजदुर, युवाहरुको सपना पुरा हुनु रहेको उनको भनाई थियो ।
त्यस्तै नेकपा (बहुमत)को नव निर्बाचित केन्द्रिय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी अमर खड्काले दलित , महिला, किसान र मिटरव्याज पीडितका समस्या सम्वोधन नभए सम्म राज्यले दिने गोली, लाठी मृत्यु स्वीकार्य भएको तर यो दलाल संसदीय राज्य व्यवस्था स्वीकार्य नभएको बताएका छन् । पार्टीले अर्को जनयुद्धको तयारी गर्न लागेको बताउदै सामन्ती शासक र पैसा पावरका नाममा दलित ,गरीव, महिला दिदि बहिनीहरु माथि गरीएको अत्याचारका बिरुद्धमा पार्टी लड्ने बताएका छन् । मिटरव्याजी सुतखोर दललाहरुका बिरुद्धमा अवाज उठाउँदै दलाल संसदीय राज्य व्यवस्थाको अन्त्य गर्दै बैज्ञानिक समाजबादी व्यवास्थाका लागि लड्नु भने खड्काको भनाई थियो ।
नेकपा (बहुमत) दाङले ३० औँ जनयुद्ध दिवसको पुर्वसन्ध्यामा घोराही र तुलसीपुरमा दिपप्रज्वलन गरेका थियो । तुलसीपुरमा उक्त पार्टीका महासचिव धर्मेन्द्र वास्तोला (कञ्चन)ले सम्वोधन गरेका थिए भने घोराहीमा केन्द्रिय सदस्य दिपक चलाउनेले सम्वोधन गरेका थिए । तुलसीपुरको दिप्रज्वलनमा केन्द्रिय सदस्य नरेन्द्र बिक , केन्द्रिय सदस्य सजक लगाएको उपस्थीति थियो भने घोराहीको दिपप्रज्वलन कार्यक्रममा केन्द्रिय सदस्य तिलक पुन , केन्द्रिय सदस्य अतन्त, केद्रिय सदस्य राकेश लगाएको उपस्थीति रहेको थियो ।
कार्यक्रमको सहजिकारण अखिल (क्रान्तिकारी) लुम्विनी प्रदेश इन्चार्ज प्रेम प्रशान्त बोहोरो गरेका थिए ।
यसै बिच नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रुपन्देहीले पनि ३० औँ जनयुद्ध दिवसको पुर्वसन्ध्यामा दिपप्रज्वलन गरेर मनाएको छ ।