दाङ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा लुगामा लागेको आगोले जलेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-१९ संग्राम निवासी ६४ वर्षीया ईश्वरी वलीको आगलागीमा परेर मृत्यु भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिए।
Advertisement
प्रहरी निरीक्षक राणाका अनुसार माघ २१ गते बिहान घरमा खाना पकाउँदै गर्दा वलीको लुगामा आगो लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। आगोमा, वलीको पेटदेखि घुँडासम्म जलेको थियो।
घटना लगत्तै, तुलसीपुरको चिनारी अस्पतालमा सामान्य उपचार गराएपछि उनलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि उनलाई काठमाडौंको कीर्तिपुर अस्पताल पठाइएको थियो। तर, काठमाडौंमा उपचार सम्भव नभएकाले उनलाई सोमबार काठमाडौँबाट दाङ फर्काइएको थियो।