आठबिसकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। माघ २७ गते बसेको १० औँ कार्यपालिकाको बैठकले पालिकाभर फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
Advertisement
गाउँपालिकाले सोसम्बन्धी जानकारी सूचनामा दिएको छ । उक्त निर्णयअनुसार गाउँपालिकाभर सार्वजनिक विदा दिने उल्लेख गरिएको छ । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।