आठबिसकोट । आज सोमबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा तोडफोड भएको छ ।
Advertisement
सोमबार बिहान साढे ११ बजे नगरपालिकाको आर्थिक प्रशासन शाखामा तोडफोड साथै कर्मचारीहरुलाई अभद्र व्यवहार र गालिगलौज भएको भन्दै सेवा प्रवाह समेत स्थगत भएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीहरुले एक संयुक्त विज्ञप्ती जारी गरेर घटनाबारे जानकारी गराएका छन् । विज्ञप्ती मा भनिएको छ, आर्थिक प्रशासन शाखामा केहि जनप्रतिनिधि तथा निर्माण व्यवसायी र उपभोक्ता समितिका प्रतिनिधिहरु प्रवेश गरेर अभद्र व्यवहार तथा गाली गलौज गर्नका साथै शाखाका रहेका सामाग्रीहरु तोडफोड गरेकाले अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेका छन्। अत्यआवश्यक सेवा बाहेक सबै सेवा स्थगत भएको समेत जनाएका छन् ।
