नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आएका छन् । सोमवार सहिद ऋषि-राधा स्मृति केन्द्र राप्ती गाउँपालिका-५ को दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्न महासचिव विप्लव सी दाङ आएका हुन ।
Advertisement
नेकपाका महासचिव विप्लव सीले सहिद ऋषि-राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन पछि आजै पार्टीका देउखुरी क्षेत्रका पार्टी सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको नेकपा दाङले जनाएको छ ।