नेकपा (बहुमत) नवलपरासीले जिल्लाको सुस्ता गाउँपालिका-५ सुस्ता गाउँमा हतियारधारी भारतीय सुरक्षाकर्मीले गरेको गस्ती प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गत माघ २२ गते सोमबार दिउँसो नेपालको अखण्डता, सावैभौमसत्ता र स्वाधीनताको खिल्ली उडाउदै आफ्नो विस्तारवादी नीतिलाई लागु गर्न भारतीय सुरक्षाकर्मीले सुस्तामा हस्तक्षेप गरेको हाम्रो पार्टीको ठहर छ । पटक पटक सुस्ताका जनताको देशप्रतिको वफादारीतालाई कमजोर बनाउने खोज्ने र जनतालाई दुःख दिने भारतीय सुरक्षाकर्मीको रबैया प्रति हाम्रो पार्टी घोर भत्र्सना तथा निन्दा गर्न चाहन्छ बिज्ञप्तीमा भनिएको छ ।
यस्ता घटना दोहोरिन नदिन हामी नेपाल सरकार एंव जिल्लास्थित प्रहरी प्रशासन संग जोडदार माग गर्दै हस्तक्षेपकारी भारतीय विस्तारवादी नीति र नेपाल सरकारको उदाशीनताको बिरुद्ध उत्रन सम्पुर्ण देशभक्त नागरीकहरुलाई आब्हान गरेको छ ।