काठमाडौं । ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा हवाई यात्रा गर्दा एयरलाईन्स कम्पनीले विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले दिवसका अवसरमा टिकट खरिदमा छुट अफर ल्याएका छन्।
Advertisement
बुद्ध एयरले एउटा टिकटमा अर्को निःशुल्क अफर ल्याएको छ । सो अफर पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा मात्रै भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
त्यस्तै यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई रु एक हजार ४०० सम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ ।