रुकुम पश्चिम । जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ऐतिहासिक गुरिल्ला म्याराथनको आयोजना हुने भएको छ । एक लाख राशीको सातौँ राष्ट्रिय गुरिल्ला म्याराथन आयोजना गरिएको हो । जनयुद्ध दिवसको अवसर मा गाउँपालिकाले तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धताका माओवादी गुरिल्लाहरु हिडेको बाटोमा धावकलाई दौडाउने गरी म्याराथन आयोजना गर्दै आएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्न पुर्वमन्त्री तथा माओवादीका उपमहासचिव जनार्दन शर्मा र पुर्वमन्त्री सुदन किराती आउने भएका छन्। गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टका अनुसार फागुन १ गते मौराखारा गुरिल्ला म्याराथन सञ्चालन हुनेछ । म्याराथनको दुरी पुरुष तर्फ ४८ किलोमिटर र महिला तर्फ ३४ किलोमिटरको रुट रहेको छ ।
म्याराथन संगै गाउँपालिकाले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको जनाएको छ । म्याराथन तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्धमा प्रयोग गरेको बाटोमा विगत सात वर्ष देखि सञ्चालन गरिएको हो ।