काठमाडौं । बाराको जितपुर सिमरामा रहेको मामाघरबाट १० दिन अघिदेखि बेपत्ता भएका रौतहटका एक बालकको शनिबार शव फेला परेको छ । रौतहटको दुर्गा भवानी गाउँपालिका-१ का ३ वर्षीय हंस चौधरीको शनिबार दिउँसो शव फेला परेको हो।
Advertisement
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटा का अनुसार ती बालकको शव वीरगन्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा को कियासोती खोलामा डुबेको अवस्थामा फेला परेको बताए ।
बेपत्ता बालकको खोजी गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। उनको शव लाई नारायणी अस्पताल विरगंन्जमा पोस्टमार्टमका लागी पठाईएको छ ।