सुर्खेत । नेपाली काँग्रेसका एक नेता मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ परेका छन् । अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल उक्त कसुरमा पक्राउ परेका हुन।
Advertisement
बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसी का अनुसार खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको हो । पक्राउ पुर्जि जारी पछि उनलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।