आठबिसकोट । रुकुम पश्चिममा एक महिला अनलाईन ठगीको सिकार बनेकी छन्। जिल्लाको सानीभेरी गाउँपालिका -८ तल्लो आमडाँडाकी २५ वर्षीया जमुना रसाईली घर नजिकै मृत अवस्थामा फेला परेकी हुन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान आफ्नो घर देखि नजिकैको स्याला भन्ने जङ्गलमा जमुना झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । जमुना अनलाइन गिफ्टको नाममा हुने ठगीमा परेर तीन लाख रुपैयाँ डुबेपछि उनी तनावमा रहेको पारिवारिक स्रोतले बताएको छ । उनलाई ८ लाख बराबरको गिफ्ट परेको म्यासेज आएपछी जमुनाले ३ लाख रुपैयाँ दिएकी थिइन्।
आफु सँग भएको गरगहना र नगद अपरिचित व्यक्तिको खातामा जम्मा गरेपछि उनलाई ब्ल्क गरिएको परिवारले जनाएको छ । उनका श्रीमान रोजगारीको लागी भारतमा गएका छ्न । जमुना सासुससुरा सँगै बस्दै आएकी थिईन्। अहिले घटनास्थलमा प्रहरी चौकी सिम्लीबाट प्रहरी टोली पुगेको छ ।