दाङको घोराहीमा छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८१ लाग्ने भएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संङ घोराहीको आयोजनामा फागुण २ देखि १८ गते सम्म महोत्सव लाग्ने भएको हो ।
Advertisement
उद्योग बानिज्य संघले मंगलबार घोराही नगरपालिका भित्रका वडाअध्यक्षहरू सँगको गरेको छलफलमा गैरव्यापारीलाई प्रवेश नगराउन सुझाव दिएको थियो । कानुनी हिसावले प्रक्रिया पूरा गरेका र उत्पादनको मापदण्ड पालना गरेका व्यवसायीलाई मात्रै स्थान दिन आग्रह गरिएको थियो । यसैगरी घोराहीभित्रका पर्यटकीय स्थललाई डिजिटल बोर्ड मार्फत् प्रदर्शन गर्न सुझाव दिएको थियो ।
कार्यक्रम उद्योग बाणिज्य संघ दाङ अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक वसन्त जोशीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।