रुकुम पश्चिम । सुर्खेतमा भेरी नदी माथि झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको बराहताल गाउँपालिका ४ र पञ्चपुरी नगरपालिका–१४ जोड्ने पुल निर्माणका क्रममा बुधवार बेपत्ता भएका हुन्। बुधवार बेपत्ता भएका उनीहरुको खोजिकार्य जारी रहेको छ ।
Advertisement
नदीमा बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।बुधवार दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा बेपत्ता भएका उनीहरु अहिले सम्म फेला परेका छैनन्।