• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

आज घट्यो सुनको मुल्य

विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

आज सुनको मुल्य घट्यो

लोकप्रिय समाचार

  • १. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • २. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ३. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ४. सुनको मुल्यमा भारी वृद्धि

  • ५. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ६. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

  • ९. फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

  • १०. आज सामान्य बढ्यो सुनको मुल्य

कर्णाली प्रदेशकै ठुलो चार तारे रिसोर्ट रारामा खुल्दै


  •   बुधबार, माघ २३, २०८१ मा प्रकाशित
  • मुगु । राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो ।

    Advertisement

    प्रदेशमा तीनतारेसम्मका होटल यसअघि सञ्चालनमा आए पनि चारतारे पहिलोपटक निर्माण गर्न लागिएको रारा होल्डिङ रिसोर्ट प्रालीका परियोजन प्रबन्धक अरुण चन्दले बताए ।

    गत वर्ष काठमाडौँमा सरकारले आयोजना गरेको तेर्सो लगानी सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेक विक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धचा अनुसार सङ्घीय सरकारसँग रारा होल्डिङ रिसोर्ट प्रालीले १८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको उनले जानकारी दिए ।

    कूल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त रिसोर्टको पहिलो चरणमा रु एक अर्बको लागतमा निर्माण हुने चन्दले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ३६ र दोस्रो चरणमा १९ वटा सुविधा सम्पन्न कोठाका ९८ श्यया निर्माण हुनेछन् ।

    दैनिक एक सय आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिनेगरी यो रिसोर्टको भूमि पूजा गरी निर्माण सुरु गरिएको हो । रिसोर्टको औपचारिक रूपमा यही माघ ३० गते पर्यटन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शिलान्यास गर्ने कार्यक्रम रहेको रारा होल्डिङ रिसोर्ट प्रालीले जनाएको छ ।

    यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले रारा क्षेत्रमा सुविधा सम्पन्न होटल नभएका कारण दुखेसो पोख्दै आएका बेला सिञ्जा भ्याली, रारा, छायाँनाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट निर्माण गर्न लागिएको परियोजन प्रबन्धक चन्दले जानकारी दिए ।

    समुन्द्री सतहबाट तीन हजार पाँच सय मिटर उचाइमा निर्माण हुने उक्त रिसोर्टको आगामी चैतदेखि पूर्वाधार निर्माण सुरु गरिनेछ । निर्माणपश्चात् रिसोर्ट सञ्चालनमा आएपछि प्रत्यक्ष एक सय २० जनाले रोजगारी पाउनुका साथै एक हजार बढीलाई अप्रत्यक्ष रूपमा रोजगारीका अवसर सृजना हुने रिसोर्टका प्रतिनिधि प्रेम शाहीले बताए । उनका अनुसार यो परियोजनाले विशेषगरी भारतीय नागरिकलाई धार्मिक पर्यटकका रूपमा भित्र्याउने लक्ष्य राखेको छ ।

    स्थानीय समुदायका पुराना घरशैलीका ५५ कोठामा ९८ श्यया निर्माण हुने यो रिसोर्टमा एक सयको क्षमता भएको सेमिनार हल, प्रत्येक कोठाका झ्यालबाट रारा र हिमाली शृङ्खलाको दृयावलोकन गर्न सकिने र रिसोर्टबाट आधा घण्टामाथि रहेको मुर्माटप पुगेपछि सात जिल्लाको भूभाग अवलोकन गर्न सकिने प्रबन्धक चन्दले उल्लेख गरे । यहाँ आउने पर्यटक सबैले रारामा गाँस र बासका लागि राम्रो व्यवस्था नभएको भन्दै गुनासो राखेर जाने गरेकाले रिसोर्ट निर्माण थालिएको उनको भनाइ छ ।

    केही वर्षयता रारा क्षेत्रकामाझ घट्ट, सल्लेरीमा एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् तर सिजनमा यी होटलले पर्यटकलाई सेवा दिन समस्या हुँदै आएको छ । कर्णाली प्रदेशमा पहिलो पटक चारतारे रिसोर्ट मुर्माटपमा निर्माण हुने भएपछि रारामा आउने पर्यटकलाई बस्न र खान कुनै समस्या नहुने छाँयानाथ रारा नगरपालिका–८ का होटल व्यवसायी बिर्ख रोकायाले बताए ।

    बुधबार, माघ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला
    कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
    आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
    आज घट्यो सुनको मुल्य
    विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    लोकप्रिय

    • १.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • २.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      सुनको मुल्यमा भारी वृद्धि

    • ५.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ६.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

    • २.
      कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ३.
      आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

    • ४.
      आज घट्यो सुनको मुल्य

    • ५.
      विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    • ६.
      नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    • ७.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ८.
      विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.