• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

आज घट्यो सुनको मूल्य

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • २. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ३. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ४. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ५. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • १०. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

प्रसिद्ध देवघाटमा जोखिम मोलेर झोलुंगेमार्फत यात्रा गर्छन भक्तजन


  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
  • तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा एकमहिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुंगेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् ।

    Advertisement

    तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुंगे पुलबाट आवतजावतमा समस्या हुनुका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ ।

    भक्तजनको भीडका कारण तोकिएको सीमा पार हुने गरेको स्थानीय बताउँछन् । जोखिम न्यूनीकरणका लागि एक पटकमा १०० जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भीड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्रिशूली नदीमा रहेको ४४ वर्ष पुरानो उक्त झोलुंगे पुलमा तीर्थयात्रीको चाप बढ्दा जोखिम भएकाले सीमा निर्धारण गरिएको उल्लेख गरिएको छ । उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा १०० जना मात्रै आवतजावत गर्ने र मोटरसाइकल पूर्ण रुपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयसहित सबै सरोकारवालालाई निर्देशन दिइएको छ ।

    सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले सोमबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै उक्त पुल तथा सर्वसाधारण यात्रुको सुरक्षाका लागि पुलमा सावधानीका सबै उपाय अवलम्बन गर्न अनुरोध गरेको थियो । सो ठाउँमा मोटरेबल पुल नहुँदा भक्तजन अझै पनि झोलुंगे पुलमार्फत यात्रा गर्न बाध्य भएका छन् ।

    वर्षौँअघि देखि मोटर चल्ने पुलको माग राखे पनि सुनुवाइ नहुँदा भक्तजन बढ्दाको समयमा समस्या भएको तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । माघेसंक्रान्ति मेला लाग्ने बेलामा मात्रै समस्या आउने गरेको जीर्ण अवस्थामा पुगेको झोलुंगे पुलको यात्रामा अहिले अझ जोखिम बढेको उनले बताए ।

    ‘देवघाटधाममा भक्तजनको हिन्दू धर्मावलम्बी आउने स्थान हो, सहज हुने गरी झोलुंगे पुल भएकै स्थानमा मोटरेबल पुलको आवश्यकता छ’, अध्यक्ष थापाले भने, ‘अकल्पनीय घटना नघटोस् भनेर पटक पटक सम्बन्धित निकायसमक्ष यस स्थानमा मोटरेबल निर्माण गर्न माग गरिरहेका छौँ, तर हाम्रो मागको सुनुवाइ भने भएको छैन ।’

    उनले पालिकाले मात्रै यहाँको पुल निर्माण गर्न सक्ने बजेट नहुँदा पनि प्रदेश तथा संघ सरकारसमक्ष माग गरिरहेको भए पनि बेवास्ता गर्ने गरेको पाएको बताए । चितवनको दासढुंगा, ठिमुरा र नवलपुरतर्फमा मोटरेवल पुल छन् । तर आफ्ना सवारी साधन नभई दर्शनका लागि आउने भक्तजनलाई घुमाउरो पर्ने हुँदा पनि जोखिमयुक्त झोलुंगे पुलमार्फत यात्रा गर्न भक्तजन बाध्य भएका हुन् ।

    उक्त पुल विसं २०३७ मा निर्माण गरिएको हो । भक्तजनको आवतजावत बढ्ने समयमा मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ । दीर्घकालीन रुपमा समस्याको समाधान हुने अवस्थातर्फ भने सरकारको ध्यानाकर्षण भएको छैन ।

    मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ
    प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने
    १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ
    जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम
    आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी
    आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    लोकप्रिय

    • १.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • २.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ३.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ४.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ५.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

    • २.
      प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

    • ३.
      १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

    • ४.
      जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

    • ५.
      आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

    • ६.
      आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.