आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा क्षमता भन्दा बढी यात्रु बोक्ने जिपलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले नियन्त्रणमा लिएको छ । माघ २० गते उज्यालो पाटी मा आठबिसकोटमा महिला समेत छत र झुन्डिएर यात्रा गर्न बाध्य शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशन पछी प्रशासनले सवारी साधनलाई नियन्त्रणमा लिएर कानुन बमोजिम जरिवाना र थप अनुसन्धान प्रक्रियामा रहेको बताईएको छ । जिल्ला प्रशासनका अनुसार उक्त गाडी जिल्ला ट्राफिक प्रहरी मार्फत कारबाही गरिएको हो ।
आठबिसकोट नगरपालिका-८ दाजे देखी राडीबजार सम्म चल्ने लु १ ज १७८१ नम्वरको जिपलाई नियन्त्रणमा लिएर थप कारबाही अगाडी बढाईएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए । सो रुटमा चल्ने अन्य गाडीलाई थप कडाई गरिएको र क्षमता भन्दा बढी यात्रु बोक्ने गाडीलाई कारबाही गर्ने प्रशासनले जनाएको छ ।