तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि १६ गते सम्म दोस्रो तुलसीपुर महोत्सव लाग्ने भएको छ । आइतबार आयोजकले तुलसीपुरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारे जानकारी दिएको हो । महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने महोत्सवमा तीनसय बढि स्टल हुने छन् ।
Advertisement
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले कृषि, पर्यटन, संस्कृतिक तथा व्यापार प्रबर्दन गर्नका लागि महोत्सव सञ्चालन गर्न लागेको जानकारी दिए। महोत्सवबाट ३ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ भने आयोजकले महोत्सव बाट बचत रकमले आफ्नो जग्गा खरिद गर्ने र भवन बनाउने लक्ष्य राखेको छ ।