सर्लाहीः ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ बस्ने २७ वर्षीय मुकेश कुमार सोनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
सोही ठाउँस्थित किराना पसलमा मुकेश कुमारले सामान किने पश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।