• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ८. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ९. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • १०. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

राष्ट्रपतिले उद्घाटन गरेको ‘सम्मानित’ धारामा थोपो चुहिन्न


  •   आइतबार, माघ २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरिएको धारा लामो समयदेखि प्रयोगविहीन छ । राजधानीवासीको दशकौँदेखि प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौँमा आइपुगेको ऐतिहासिक अवसरमा भृकुटीमण्डपमा निर्माण गरिएका तीन वटा ढुङ्गेधारा खोलेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७७ चैत २० गते मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुभएको थियो । भृकुटीमण्डप आउने आगन्तुकले निःशुल्क रूपमा पानी खान पाउने गरी ती ढुङ्गेधाराको उद्घाटन गरिएको थियो । २४ घण्टा नै पानी आउने गरी उद्घाटन गरिएका ती धारामा अहिले पानीको थोपो चुहिन्न । एउटा धाराको त टुटीसमेत हराइसकेको छ । धारा जडान गरिएको ठाउँलाई जस्तापाताले छेकेर साँघुरो पारिएको छ । त्यहाँ लामो समयदेखि पानी नआएको स्पष्टै देखिन्छ ।

    Advertisement

    सहरी खानेपानी तथा सरसफाइ आयोजनाका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले भृकुटीमण्डपमा जडान भएको धाराको पानीको बिल भुक्तानी कसले गर्ने र ती धाराबाट बिसर्जन हुने पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यकिन हुन नसक्दा त्यहाँ पानीको आपूर्ति हुन नसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “भृकुटीमण्डपको धारामा मात्र पानी छोडेर भएन । कसका नाममा खानेपानीको मिटर राख्ने भन्ने विषय अझै टुङ्गो लाग्न बाँकी नै छ । त्यस कारण त्यहाँ पानीको आपूर्ति हुन नसकेको हो । पानी दिएर मात्र भएन । पानीको आपूर्ति गरेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पैसा त लिन्छ नै ।” भृकुटीमण्डपको धारा कसको नाममा जडान गर्ने ? त्यसको बिल भुक्तानी कसले गर्ने भन्ने विषय टुङ्गो नलागेसम्म त्यहाँ पानीको आपूर्ति पुनः सुरु हुन नसक्ने निर्देशक सापकोटाले स्पष्ट पार्नुभयो ।

    बिग्रिए सिंहदरबारकै सार्वजनिक धारा

    सिंहदरबारभित्र जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको अगाडि बगैँचामा सञ्चालन गरिएको खानेपानीको सार्वजनिक धारा डेढ महिना नपुग्दै बिग्रिएको थियो । धारा बिग्रिएसँगै त्यहाँको पानी आपूर्तिसमेत बन्द भएको छ । तत्कालीन खानेपानीमन्त्री अब्दुल खानले विसं २०७९ चैत १७ गते सो धाराको उद्घाटन गर्नुभएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँमा चौथो पटक मेलम्चीको पानी वितरणको शुभारम्भ गर्ने व्रmममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडिको त्यही सार्वजनिक धाराको पुनः उद्घाटन गर्नुभएको थियो । विसं २०८० माघ १ गते पुनः उद्घाटन गरिएको केही दिनपछि नै सुकेको सो धारामा अहिले पानी खस्दैन ।

    त्यसै गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले करिब पाँच लाख रुपियाँको लागतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालय अगाडि जडान गरेका धारासमेत सुकिसकेका छन् । ती धाराबाट सिंहदरबार जानुहुने आगन्तुक, सेवाग्राही र त्यहाँका कर्मचारीले निःशुल्क रूपमा पानी खान सक्ने व्यवस्था गरिएको थियो । जडान गरिएका दुई वटा धारामध्ये एउटाबाट बोतल वा गिलासमा थापेर र अर्कोलाई एक हातले थिचेर मुख थापेर पानी खान मिल्ने गरी व्यवस्था गरिएको थियो । केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी प्रशस्त मात्रामा वितरण भएको अवस्थामा ती धारामा पानी आउने जबाफ दिनुभयो ।

    सम्माननीय/माननीयले उद्घाटन गर्ने तर प्रभावकारी परिणाम नदेखिने उदाहरण बनेको छ मेलम्ची खानेपानी । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुग्ने सर्वसाधारण र सेवाग्राहीले कि आफैँले पानी बोकेर जानुपर्ने अवस्था छ, नभए सिंहदरबारका क्यान्टिनको बोतलको पानी किनेर खानुपर्ने अवस्था छ । सिंहदरबार आफैँ खरिद गरिएको जार र बोतलको पानीमा निर्भर छ । यहाँ खानेपानीका लागि सार्वजनिक धारा छैनन् । सर्वसाधारणलाई निःशुल्क पानी दिने कुनै व्यवस्था गरिएको छैन । यो खबर आजको गोरखापत्रमा छ ।

    आइतबार, माघ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा
    आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
    सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला
    सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
    रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान
    सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

    • २.
      आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    • ३.
      सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

    • ४.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ५.
      रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

    • ६.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ७.
      आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

    • ८.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.