आठबिसकोट । जाजरकोट मा एकजना युवकको रहस्यमय मृत्यु भएको छ। जिल्लाको जुनीचाँदे गाउँपालिका–६, मैप का अन्दाजी स्थानीय ३० वर्षीय राम बहादुर शाहीको रहस्यमय अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Advertisement
उनी विहिवार माघ १७ गते जुनीचाँदे गाउँपालिका स्तरीय चौथो अध्यक्षकप हेर्न शिवपुरी मावि, जुनीचाँदे–५ पुगेका थिए । तर खेलकुद हेरेर घर फर्कने क्रममा उनी बिचबाटोमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको रहस्यमय मृत्यु भएकोले हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोट ले घटनाको अनुसन्धानका लागि १ महिला र ६ जना पुरुषसहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई सोधपुछ भैरहेको प्रहरीको भनाई छ । मृतक शाहीको टाउको चोट भएको र उनका आफन्तले हत्या भएको आरोप लगाएका छन्।