चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् ।
Advertisement
नेकपा (माओवादी केन्द्र) चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरी जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए ।
उनले भने, ‘माओवादी केन्द्रप्रति जनतामा ठूलो भरोसा बढेको छ ।’ अहिले पार्टीका वर्गीय संगठनलाई बलियो बनाउनतर्फ आफू लागेको अध्यक्ष दाहालले बताउए ।