काठमाडौँ । चर्चित गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरिपाऊँ भन्दै जिल्ला अदालत काठमाडौंमा फिरादपत्र दायर गरेकी छिन्।
Advertisement
कानुनी रुपमा हुने मानाचामल र अंशबण्डाको हकदाबी नगरी एलिनाले सम्बन्धविच्छेद मात्र माग गरेको जिल्ला अदालतले जनाएको छ।
सूचना अधिकारी दिपक कुमार श्रेष्ठले एलिनाले सम्बन्धविच्छेद माग गर्दै फिरादपत्र दायर गरेको जानकारी दिए । उनले अंशबण्डा केही माग नगरी सम्बन्धविच्छेद गर्न चाहेको उल्लेख गरिएको छ । झापाकी एलिना र बाग्लुङका विष्णु सापकोटाले केही महिनाअघि मात्र विवाह गरेका थिए।