• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, जेठ ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

प्रतिनिधि सभाको बैठक बस्दै

नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?

रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

बढ्यो सुनको मूल्य

दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

पुगेन सचेतना: रोकिएन जंगली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम, तीन चेपाङ बालबालिकाले गुमाए ज्यान

लोकप्रिय समाचार

  • १. जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

  • २. पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

  • ३. बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

  • ४. फोन मार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

  • ५. दल त्यागपछि रुकुम पश्चिमका १४ जनप्रतिनिधिको पद रिक्त

  • ६. रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

  • ७. गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाले बढ्दै आठबिसकोट पिसजोन एजुकेशनल एकेडेमीको लोकप्रियता

  • ८. घरघरमा पुर्‍याउन थालियो राहदानी

  • ९. प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै नीति तथा कार्यक्रम सुन्ने धैर्यता भएन- सांसद शर्मा

  • १०. पहिरो आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपियाँ मात्र


  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । राज्यले अर्बौं रुपियाँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४ भरमा गरेको आम्दानी यति नै हो ।

    Advertisement

    स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर निर्माण थालेका उक्त विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ६ करोड ७६ लाख ९३ हजार रुपियाँ लागतमा धावनमार्ग कालोपत्र गरेको थियो । विमानस्थलमा विक्रम संवत् २०७६ असार ३ गते परीक्षण उडानसमेत गरिएको थियो । कच्ची अवस्थामै करिब ४८ वर्ष सञ्चालनमा रहेर कुनै बेला वार्षिक लाखौँ रकम आम्दानी गरेको उक्त विमानस्थलमा अहिले पनि नियमित कर्मचारीले काम गर्छन् तर पछिल्लो एक वर्षमा ४७४ रुपियाँ मात्रै आम्दानी भएको हो ।

    लामिडाँडा मात्रै होइन, अहिले देशभर कालोपत्र धावनमार्ग भएका सुविधायुक्त नौ वटा विमानस्थलको अवस्था त्यस्तै छ । यी नौ वटा विमानस्थलको धावनमार्ग कच्ची हुँदा सञ्चालन हुने गरेका थिए । तर धावनमार्ग कालोपत्रे भएपछि उडान ठप्प छन् । बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामिडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली विमानस्थलका धावनमार्ग कालोपत्रे छन्, प्राविधिक र कर्मचारी गरेर कम्तीमा पाँच जनाले दैनिक कामसमेत गर्दै आएका छन् । तर ती विमानस्थलमा जहाज अवतरण नहुने भएपछि विमानस्थलमा राज्यले गरेको आम्दानी लाभ लिन सकिएको छैन ।

    प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका विमानस्थलमध्ये १६ वटा विमानस्थल मात्रै नाफामा रहेका छन् । घाटामा रहेका विमानस्थल सञ्चालन नाफामा रहेका विमानस्थलको आम्दानीबाट हुँदै आएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयोे, “सहज हवाई यात्राका लागि मुलुकका अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तारका लागि निर्माण गरिएका उड्डयन पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा राज्यले लगानीको प्रतिफल प्राप्त गर्न सकिरहेको छैन । राज्यसँग साना जहाजको कमी भएकै कारण अहिले नियमित उडान हुन सक्ने ठाउँमा समेत उडान हुन नसक्दा आम्दानी गुमिरहेको छ ।” जहाजको अभाव, महँगो हवाई भाडा, दुर्गममा उडानमा प्रतिस्पर्धा नभएकै कारण तयारी अवस्थाका विमानस्थलबाट समेत आम्दानी हुन नसकेको उहाँको भनाइ छ ।

    प्राधिकरणका अनुसार डोटी विमानस्थलको गत वर्षको वार्षिक आम्दानी नौ हजार ४७५ र रुम्जाटार विमानस्थलको वार्षिक आम्दानी १० हजार ६७८ रुपियाँ मात्र छ ।

    सरकारले हवाई सञ्जाल विस्तारका लागि ठुलो लगानी गरेर देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल निर्माण गरेको छ । जसमध्ये सञ्चालनमा रहेका ३५ विमानस्थलमध्ये १२ वटा विमानस्थलको वार्षिक आम्दानी भने १० लाख रुपियाँभन्दा कम छ । त्यस्तै छ वटा विमानस्थलबाट वार्षिक हवाई सेवा लिने यात्रुको सङ्ख्या एक हजारभन्दा कम छ । यो खबर आजको गोरखापत्रमा छ ।

    शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधि सभाको बैठक बस्दै
    नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने
    रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा
    गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?
    रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो
    बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

    • २.
      पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

    • ३.
      बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

    • ४.
      फोन मार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

    • ५.
      दल त्यागपछि रुकुम पश्चिमका १४ जनप्रतिनिधिको पद रिक्त

    • ६.
      रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

    भर्खरै

    • १.
      प्रतिनिधि सभाको बैठक बस्दै

    • २.
      नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

    • ३.
      रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

    • ४.
      गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?

    • ५.
      रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

    • ६.
      बढ्यो सुनको मूल्य

    • ७.
      दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    • ८.
      सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.