रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मा जनार्दन शर्मा बलियो देखिएका छन्। हिजो सम्पन्न अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा शर्माको समूहलाई अत्यधिक मत सहित जित हासिल भएपछी पार्टीका उपमहासचिव जनार्दन शर्मा माओवादी केन्द्रमा बलिया नेताका रूपमा उदाएका छन्।
अध्यक्ष बाहेक अन्य सबै पदाधिकारीमा जनार्दन शर्माकै समुहको जित हावि भएको छ । माघ १२ गते अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागी भएको चुनावमा शर्माले आफूनिकटस्थ विद्यार्थीहरूको प्यानलै उठाएका थिए। जुन प्यानलले अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा जित कायम गरेको छ। प्रचण्ड निकटका विजयप्रकाश सापकोटा अध्यक्षमा निर्वाचित भएपनी जनार्दन शर्माको प्यानल बहुमत सहित विजयी भएको छ ।
पार्टीमा उमेरहदको मुद्धा उठाएर उमेरहद बारे नै चुनाव गराएका शर्माले आफु निकट प्यानलले बहुमत प्राप्त गरेपछी जनार्दन थप शक्तिशाली बनेका छन्। अखिलको निर्वाचनले शर्माको प्रभाव हावि भएको देखिन्छ । जनवर्गीय संगठनमा जनार्दनको पक्षमा देखिएको मतपरिणामलाई हेर्ने हो भने प्रचण्ड भन्दा शर्मा नै शक्तिशाली देखिएका छन्।