आठबिसकोट । आठबिसकोटमा चितुवाको भुँवासहितको छाला बराबद भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका २ पहाडामा चितुवाको भुवाँसहितको छाला (वन्यजन्तु अखेटोपहार) बरामद गरेको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
Advertisement
वन्यजन्तुको छाला लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालयबाट सोमबार र मंगलबार ।खटिएको १३ जनाको टोलीले उक्त छाला बराबर गरेको हो वन्यजन्तुको छाला लुकाउने व्यक्ति घटनास्थलबाट फरार भएको जनाईएको छ । उक्त घटनामा संलग्न व्यक्ति लाई कानून बमोजिम कारबाहिको प्रक्रिया अगाडि बढाउने बताईएको छ ।