काठमाडौं । प्रेस सेन्टर नेपालले २१ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाईदै छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाउने सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको छ ।
Advertisement
विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको बताईएको छ । देशैभरका प्रदेश तथा जिल्ला शाखाहरुमा एकैपटक विविध कार्यक्रम गरी दिवस मनाईदैछ ।