आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रुखले च्यापेर एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्वर १० मा एकजनाको मृत्यु भएको छ ।
Advertisement
आज दिउँसो करिव १ बजेतिर टुनीको रुख काट्ने क्रममा च्यापिएर मृत्यु भएको प्रत्यक्षदर्शी शेर बहादुर शाहीले बताए । रुखले च्यापेर झिन्चौरमा अन्दाजी ५२ वर्षका विर बहादुर शाहीको घटना स्थलमै मृत्यु भएको र अर्का एकजना घाइते भएका छन्।
घाइते हुनेमा आठबिसकोट नगरपालिका-१० का प्रेमराज कुसारी रहेका छन्। कुसारीको नगर अस्पतालमा आठबिसकोटमा उपचार भैरहेको छ । थप विवरण आउन बाँकी छ ।