आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिविको पार्जनका लागी सहयोग प्रदान गरिएको छ । जिविकोपार्जन सहयोग कार्यक्रम अन्तर्गत Ipas को आर्थिक सहयोग र आठविसकोट नगरपालिकाको सम्वनयमा १० जनालाई बाख्रा पालन स्वरुप तीस हजारका दरले आर्थिक सहयोग गरिएको छ ।
Advertisement
नगर उपप्रमुख धनकुमारी शाहीका अनुसार नगरपालिकाभित्र रहेका १० जनालाई प्रतिव्यक्ति तिस हजार रुपैयाँ का दरले आज सहयोग रकम हस्तान्तरण गरिएको हो । सधै अर्काकै भरमा अघि वढ्नु भन्दा पनि स्वतस्फूर्त मनै देखि बाख्रापालन गरेर आर्थिक स्तर उकास्न सहयोग हुने हुँदा बाख्रा पालनका लागि उक्त रकम हस्तान्तरण गरिएको उपप्रमुख शाहीले जानकारी दिइन्।