जाजरकोट । जाजरकोटको नलगाडा नगरपालिका वडा नम्बर- ४ ले विवाहको लागि वडाको सिफारिस अनिवार्य गरेको छ।
Advertisement
उमेर नपुगी हुने बालविवाह न्यूनीकरणको लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष बद्री पन्तले जानकारी दिए।
‘विकराल रूपमा बढ्दै गइरहेको बालविवाहलाई न्यूनीकरण गर्नको लागि यस्तो निर्णय गरेका हौँ,’ उनले भने।
चालु आर्थिक वर्षको अहिलेसम्म नलगाड- ४ मा ३२ वटा विवाह भएका थिए। त्यसमध्ये १६ जोडीले बालविवाह गरेको पाइएको वडाध्यक्ष पन्तले बताए।
बाल विवाह न्यूनीकरणको लागि यही पुस २६ गते बसेको वडा समितिको बैठकले विवाहको लागि वडाको सिफारिस अनिवार्य गर्ने निर्णय गरेको हो। वडाले गरेको निर्णयलाई सरोकारवालाले सकारात्मक रुपमा लिएका नलगाड नगरपालिकाकी उपप्रमुख देवका लामिछानेले जानकारी दिए।