• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

अमेरिकामा आगलागी बाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, १२ हजार घर जले १ लाख बढी मानिस विस्थापित


  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका दशौँ हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले आइतबार बताएका छन् ।

    Advertisement

    आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार रातिसम्म २४ पुगेको छ भने विस्थापितको सङ्ख्या करिब एक लाखको हाराहारीमा रहेको छ । यस पहिले करिब एक लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएकोमा कम जोखिम रहेका क्षेत्रमा मानिसहरू फर्किसकेका छन् ।
    पलिसेड्स फायर र इटन फायरको बीचमा बन्द गरिएको खतरा क्षेत्रमा प्रवेश गर्ने आशामा निराश विस्थापितहरूले चेक प्वाइन्टहरूमा लाइनहरू बनाएका छन् । धेरै जना घर फर्कन आतुर छन् किनकि उनीहरूले केही क्षणको सूचना पाएर औषधि वा लुगाफाटा मात्रै लिएर घर छोडेका थिए ।
    कतिपय घरमा छुटेका वृद्ध तथा अशक्त परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन उत्सुक छन् ।

    लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आइतबार भने, “यस हप्ता हावाहुरीको पूर्वानुमानले आगलागीको आपत्कालीन अवस्था अझै सकिएको छैन ।” उनले पत्रकार सम्मेलनमा भने, “उनीहरू घर जान सक्दैनन्, किनभने अझै बस्तीहरू सुरक्षित छैनन् ।”

    उनले भने, “जतिसक्दो चाँडो बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता ल्याउनु हाम्रो सामूहिक प्राथमिकता हो।” बुधवारसम्म चल्ने तीव्र बतासलाई संकेत गर्दै उनले भने, “यो कुराकानी अनुमानित रेड फ्ल्याग इभेन्टको अन्त्यसम्म हुने छैन ।”
    उनले भने, “कृपया निश्चिन्त हुनुहोस् । बिहीबार हामी पुनरुत्थानको बारेमा कुरा सुरु गर्नेछौँ।”

    आफ्नो नाम जेनेल बताउने एउटी महिलाले आफ्नो घर आगोले जलेको थाहा पाएको तर प्रत्यक्ष नदेखेको बताउँदै आफ्नो दुःख ले आर्जन गरेको सम्पत्तिको प्रत्यक्ष जानकारी लिन चाहेको बताए । उनले भने, “म फोटोहरू देखेको छु । भिडियोहरू पनि देखेको छु तर म यसलाई प्रत्यक्ष घटनास्थलमा पुगेर हेर्न र यसबारे मनमा रहेको आशालाई निर्मूल पार्न चाहन्छु।”

    सम्पादक हेनरी लेभिन्सन प्यासिफिक पालिसडेस छिमेकमा रहेको आफ्नो घर जाने कोसिस गरिरहेका छन् तर अग्निनियन्त्रकहरूले त्यहाँ जान रोकेका छन् । उनीहरूले अझै पनि हुरी लाग्न सक्ने र आगो फैलिन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् ।

    लस एन्जलस सिटी काउन्सिलर ट्रेसी पार्कले प्रभावितको पीडा आफूले बुझेको तर अवस्था निकै खतरनाक रहेको बताए । “यो कठिन निर्णय हो र मलाई थाहा छ कि मेरा धेरै घटकहरू निराश छन्, तर सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता रहनुपर्छ,” उनले भने ।

    गत हप्ता एक लाख ८० हजारको हाराहारीमा रहेका अग्नि नियन्त्रक क्षेत्रमा करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आदेश दिइएको छ । डढेलोको चपेटामा परेका क्षेत्रहरू तहसनहस भएका छन्, पूरै सडकहरू खरानीमय बनेका छन् र पूर्वाधारहरू नराम्ररी ध्वस्त भएका छन्।

    लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले जोखिमको सम्भावनालाई संकेत गर्दै आफू मातहतका प्रहरी अधिकारीले मानिसहरूलाई डढेलो र आगलागी क्षेत्रबाट बाहिर राख्न निर्देशन दिएको बताए ।
    उनले भने “यी मध्ये धेरै क्षेत्रहरू अझै पनि भग्नावशेषकै अवस्थामा रहेका छन् । विद्युत् बगिरहेका बिजुलीका तार, ग्याँस लाइन र अन्य खतराका कारण बस्तीमा प्रवेश सहज छैन ।”

    • अमेरिका आगलागी
    सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
    इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
    आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’
    प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा
    तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

    • २.
      इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

    • ३.
      आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

    • ४.
      आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

    • ५.
      प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

    • ६.
      तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    • ७.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ८.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.