दाङको दंगीशरण गाउँपालिकामा प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को उद्घाटन गरिएको छ । आईतबार गाउँपालिका अध्यक्ष शम्भु गिरीले उद्घाटन गरेका हुन । महोत्सव पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने आयोजकले जानकारी दिएको छ ।
Advertisement
१० दिनसम्म चल्ने महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ भने स्थानिय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु बिक्री बितरणका लागि स्टलहरु रहनेछ्न ।
महोत्सव फ्रेन्ड्स स्केट जोन प्रा.लिले आयोना गरेको हो ।