रुकुम पश्चिम । दैलेखमा कृषि विकास अधिकृतको मृत्यु भएको छ । कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको आफ्नै कार्यकक्षमै कार्यालयको काम गरिरहेकै बेला हृदयघात का कारण मृत्यु भएको हो।
Advertisement
भुजेलको आइतवार दिउँसो आफ्नै कार्यकक्षमा काम गरिरहेकै बेला अस्वस्थ भएपछी घर गएका ओछ्यानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहाल ले जानकारी दिए । कपिलवस्तु घर भएका उनी दैलेखमा बस्दै आएका थिए ।