आठबिसकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका – २ मा जीप दुर्घटना भएको छ । सदरमुकाम मुसिकोट खलंगाबाट बाँदरपानी जाँदै गरेको लु १ ज १७०९ नम्वरको जीप शुक्रबार बेलुका ७ बजे दुर्घटना भएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर तीन जना घाईते भएका छन् । घाईते हुनेहरुमा मुसिकोट नगरपालिका ९ बस्ने ३० वर्षीय जय प्रकाश खड्का, त्रिवेणी गाउँपालिका २ बस्ने ३८ वर्षीया प्रभा पुन र रोल्पाको परिवर्तन गाउँपालिका ४ बस्ने १९ वर्षीया गीता ओली रहेको प्रहरीले जनाएको छ ।
जिप मोडमा मोड्ने क्रममा ब्रेक फेल भएर सडकबाट करिब दुई सय मिटर तल खसको प्रहरीको भनाई रहेको छ । घाइतेहरुको टाउकोमा चोट लागेको र उपचारका लागि खलङ्गा ल्याईएको बताईएको छ ।