रुकुम पश्चिम । आज विहान चीनको स्वशासित क्षेत्र तिब्बतमा गएको ७ रेक्टर स्केलको भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका छन्।
Advertisement
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले अहिलेसम्म १३ जना घाइते भएका जानकारी दिए। उनका अनुसार २ घर मा पूर्ण, १ आंशिक र ११ घरमा सामान्य क्षति भएको बताईएको छ । बारा जिल्लामा ११ जना र काभ्रे र काठमाडौं मा १ /१ जना घाइते भएका हुन्। प्रहरीका अनुसार विवरण संकलन भैरहेको छ ।
चिन भुकम्पबाट नेपालका बिभिन्न जिल्लाहरुमा धक्का महसुस गरिएको थियो । भने केही जिल्लामा घरमा क्षति हुनुका साथै १३ जना घाइते भएका प्रहरीले बताएको छ ।