रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ राडी बजार स्थित ईन्द्र बहादुर शाहीको अस्थायी आवासमा आगलागी भएको छ । भुकम्प पछि अस्थायी आवासमा बस्दै आएका शाहीको आवासमा आज दिउँसो बिधुत सट भएर आगलागी भएको हो ।
Advertisement
बिधुत सट पछि भएको आगलागी बाट लत्ताकपडा, भाडाकुडा सहित अन्नपात पनि नष्ट भएको वडा नम्वर -९ का वडाअध्यक्ष जनक बहादुर बटालाले जानकारी दिए। घटनाको थप विवरण संकलन भैरहेको जनाईएको छ । जाजरकोट भुकम्प पछि पुननिर्माणले गति लिन नसक्दा आठबिसकोटका १० हजार घरपरिवार अस्थायी आवासमा बस्दै आएका छन्। आगलागी बाट मानवीय क्षति भएको छैन्।