• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

आठबिसकोट सहकारीको ठगीधन्दा : बचतकर्ताको रकम बिनाधितो ऋण दिएर वर्षौँदेखि लाखौँ रुपैयाँ अपचलन

"कार्यालय बन्द भयो तर बचतकर्ताको पैसा फिर्ता भएन  "

  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • आठबिसकोट । देशैभर सहकारी ठगिका घटना बढी रहेका बेला ग्रामीण क्षेत्रका सहकारी पनि अछुतो रहन सकेनन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको आठबिसकोट वचत तथा ऋण सहकारी संस्थामा डेढ करोड बढी रकम हिनामिना भएको छ । सहकारीमा बचतकर्ताले दैनिक, मासिक रुपमा जम्मा गरेको रकम सहकारीले फिर्ता समेत गरेको छैन्। १७९ जनाले दैनिक, मासिक वचत गरेको ब्याज बाहेक ४ लाख ७८ हजार रकम तुरुन्तै फिर्ता गर्न छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरिएको छ । आठबिसकोट नगरपालिकाले गत असोजमा देव बहादुर घर्तीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले आइतवार प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम, सञ्चालक समिति र व्यवस्थापक , लेखा समिति समेतको गैरजिम्मेवारीले अपचलन भएको रकम बचतकर्ताले फिर्ता पाउन नसकेको समितिको ठहर छ।

    Advertisement

    उक्त संस्थाले बिनाधितो ऋण दिएर सावा र व्याज असुल गर्न नसक्दा करोडौँ रुपैयाँ डुबेको छानविन समितिका अध्यक्ष देव बहादुर घर्तीले जानकारी दिए । उनका अनुसार बिना धितो लाखौं ऋण दिएको तर ऋण असुल गर्न नसकेको , सहकारी अनियमित रुपमा सञ्चालन भएको र सञ्चाल, व्यवस्थापन र लेखा समिति को गैरजिम्मेवार भएर कर्तव्य पुरा नगर्दा सहकारी समस्याग्रस्त भएको बताए। प्रतिवेदनमा सहकारीको वित्तीय अवस्थाको विस्तृत अध्ययन तथा विश्लेषण गरिएको र सस्थाले बचतकर्ताको रकम अपचलन भएको पाईएको उनले बताए । कार्यालय बन्द अवस्थामा भएपनि वचतकर्तालाई भने सहकारीले रकम फिर्ता गरेको छैन्।

    सहकारीको रकम फिर्ता गर्न समितिले उल्लेख गरेको छ । सहकारीलाई आठबिसकोट नगरपालिकाले बिभिन्न शिर्षकमा १ करोड ७२ लाख रुपैयाँ दिएको प्रतिवेदनमा छ । जसमध्ये २०७५ सालमा शैक्षिक कर्जा पाइलट अध्ययन गर्न गोविन्द केसी र ललित भण्डारीलाई ५०/५० लाख रुपैयाँ , घरेलु तथा साना उधम कर्जा ४८ लाख र विपन्न शेयर का लागि ३३ लाख ६५ हजार रुपैयाँ दिइएको छ । तर उक्त रकम अहिले सम्म सहकारीले असुल गर्न सकेको छैन्। ९५६ जना शेयर सदस्य रहेको संस्थाको कुल ५ करोडको पुँजी रहेको आठबिसकोट सहकारी संस्था केहि वर्ष यता बन्द अवस्थामा छ ।

    सहकारीका अध्यक्ष हरी प्रसाद शर्मा भन्छन, कार्यालयले ऋण लिएका व्यक्ती र संस्थालाई पटक पटक पत्राचार गर्दा पनि अटेरी गरिरहेका छन्। बचतकर्ताको पैसा फिर्ता हुन्छ । ५० हजार देखि माथि ऋण लिएका ३६ जना ऋणीले नियमानुसार रकम फिर्ता नगरेको जानकारी दिए । लिएको ऋण रिकभरी गर्न नसक्दा सबै बचतकर्ताको एकमुस्ट रकम फिर्ता गर्न गाह्रो भएको छ ।हामी पनि ऋण नतिर्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउछौँ । सञ्चालक समिति बाट कुनैपनी रकम तलमाथि भएको छैन्।व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना भएको छैन्। केही बदमाशी गर्ने व्यक्ति र सस्थाले गर्दा सहकारीमा समस्या देखिएको हो । उक्त सहकारीमा स्थानीयले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएको रकम बचत गर्ने गरेका थिए ।

    शहरतिरका सहकारीमा रकम ठगी भएपनि गाउँकै व्यक्तिले गाउँमै खोलेको सहकारीबाट रकम अपचलन हुन्छ भनेर कल्पना पनि नगरेको त्यहाँका बचतकर्ताले बताएका छन् । २०७४ चैत १८ गते आठबिसकोट वचत तथा सहकारी कार्यालय, आठबिसकोट नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम दर्ता भइ सञ्चालमा आएको उक्त सहकारीमा साढे १ सय बढी बचतकर्ताले दुःख पसिना गरेर कमाएको रकम बचत गरेका थिए । संस्थाले ऋण दिएको १ करोड ६१ लाख रकम चुक्ता गर्न सकेको छैन्। दैनिक बचत गर्ने ६९ जनाको १ लाख ७५ हजार र मासिक ११० जना बचतकर्ता को ३ लाख ३ हजार रुपैयाँ वचत गरेका छन्।

    आठबिसकोट सहकारीको छानबिन समितिले प्रतिवेदन आठबिसकोट नगरपालिकामा पेश गरेपछि न्यायिक समितिलाई अनुसन्धान को लागि बाटो खुलेको छ । न्यायिक समितिका संयोजक धन कुमारी शाहीले भनिन, हामि छानबिन समितिको प्रतिवेदनको पर्खाईमा थियौँ । प्रतिवेदन आइसकेको छ । सहकारीलाई थप अनुसन्धान र प्रतिवेदनका आधारमा चाँडै टुङ्गो लाग्ने छ । शाहीका अनुसार न्यायिक समितिले उक्त सहकारीको छानबिन गरेर टुङ्गो लगाउने बताईन्।

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.