काठमाडौं । सिन्धुलीमा शनिबार राती फलामको गलले हानेर बाबुले छोराको हत्या गरेका छन् । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ चपराका ७६ वर्षिय डुमानसिंह सार्कीले छोरा ४५ वर्षिय लिलाबहादुर पुर्कोटी सार्कीलाई गलले हानेर हत्या गरेका हुन ।
Advertisement
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार साढे ८ बजे राती घरायसी विवाद हुँदा डुमानसिंहले छोरा लिलाबहादुरलाई फलामको गलले टाउको र डाढमा प्रहार गरेका थिए । छोरा लिलाबहादुर सधैँ रक्सि खाने र आमाबुवा सँग पैसा माग्ने गर्थे ।
केही दिन पहिले उनका बुवाले वृद्धभत्ता बुझेको र त्यही पैसाको बारे पैसा माग्दा उनलाई गल प्रहार गर्दा मृत्यु भएको स्थानीयको भनाई छ। बुवालाई आइतबार पक्राउ गरी सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।